नेपाली बजारमा एसयूभी कुशाक गाडी सार्वजनिक

९ साउन, काठमाडौं । नेपाली बजारमा एसयूभी गाडी सार्वजनिक हुने भएको छ । स्कोडाको नयाँ एसयूभी कुशाक काठमाडौं आइपुगे पनि औपचारीक रुपमा सार्वजनिक भने भइसकेको छैन ।
नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले बजारमा भित्रिएको कुशाक आगामी सातादेखि टेस्ट ड्राइभ गर्न सकिने जनाएको छ ।
हाल कम्पनीले स्कोडा कुशाकको बुकिङ खुलाइसकेको छ । तर, केहि दिनमै सार्वजनिक हुने भनेता पनि मिति भने तोकिएको छैन । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध हुने यो गाडीले एसयुभी सेग्मेन्टमा चर्को प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
बैशाखमै नेपाली बजारमा भित्र्याउने तयारी भएपनि कोरोना भाइरसका कारण भएको निषेधाज्ञाले पछि धकेलेको थियो ।
स्कोडा कुशाक सबै गरी ५ भेरिएन्टमा उपलब्ध हुनेछ । स्कोडा कुशाकको सुरुवाती भेरिएन्ट एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
साथै स्टाइल म्यानुअल ट्रान्समिसनको मूल्य ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
९ साउन २०७८, शनिवार १५:५८ बजे प्रकाशित