ओली समूहका ८ सांसदले देउवालाई गरे मतदान (नामावली)
माधव नेपाल समूहकै १० सांसदले मतदान प्रक्रियामा भाग लिएनन्
३ साउन, काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर ८ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई दिएका हुन् । एमाले कार्यालय सचिव समेत रहेका सांसद शेरबहादुर तामाङले उनीहरुले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।
यस्तै पार्वती विशंखे, हिरा केसी, बिना बुढाथोकी र समिना हुसेनले पनि प्रधानमन्त्री देउवालाई मत दिएका छन् ।
माधव नेपाल समूहकै १० सांसदले मतदान प्रक्रियामा भाग लिएनन् ।
३ साउन २०७८, आइतवार २२:५९ बजे प्रकाशित