यी हुन प्रधानमन्त्री देउवालाई मतदान गर्ने जसपाका १८ सांसद (सूचीसहित)

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको डा। बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार (आज) दिउँसो पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा १९ जना सांसद उपस्थित थिए । तीमध्ये दुई जना राष्ट्रिय सभा सदस्य हुन् । भट्टराई–यादव पक्षका १२ जनाले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका केही सांसद अहिले उपेन्द्रतिर आएका छन्।

No description available.

No description available.

३ साउन २०७८, आइतवार १६:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु