देउवालाई मतदान गर्ने सांसदलाई एमालेले कारबाही नगर्ने

३ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने सांसदलाई कारबाही नगर्ने भएको छ ।

देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् ।

देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।

देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

देउवालाई मतदान गर्नेलाई के हुन्छ , पछि कारबाही हुन्छ ? भन्ने प्रनमा आज बसेको स्थायी कमिटी बैठकपछि प्रबक्ता प्रदीप ज्ञावालीले भनेका छन्, ‘सर्बोच्चले नै कारबाही गर्न नमिल्ने भनेको छ ।’

३ साउन २०७८, आइतवार १५:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु