संघीय संसद्को अधिवेशनको तयारी

३१ असार,काठमाडौं। संघीय संसद्को अधिवेशन आव्हान हुने जनाउँदै संघीय संसद् सचिवालयले तयारी थालेको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सचिवालयले अधिवेशनको तयारी थालेको हो।
बिहीबार सूचना प्रकाशित गर्दै सचिवालयले सभामुख, सांसद, कर्मचारी, मर्यादा पालक, सुरक्षाकर्मी र पत्रकारलाई एन्टिजेन परीक्षण गर्न भनेको छ ।
नेपालको संविधान अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान हुने व्यवस्था छ।
३१ असार २०७८, बिहीवार १५:१६ बजे प्रकाशित