प्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

३१ असार, काठमाडौँ । नवनियुक्त प्रधामन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लुबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बिहीबार बिहान १० बजेदेखि करिब आधा घण्टासम्म भेटवार्ता भएको थियो ।
र्याण्डी डब्लु प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा पुगेर बेरीले भेटवार्ता गरेका थिए ।
पछिल्लो पटक अमेरिकाले नेपाललाई एमसीसी लागू गर्न दबाब दिएको छ ।
३१ असार २०७८, बिहीवार १३:४४ बजे प्रकाशित