प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

३१ असार, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री नियुक्त भएपछि सिंहदरबारमा दोस्रोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

दिउँसो २ बजे बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। यो देउवा नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद बैठक हो।

बैठकले प्रतिनिधिसभाको अधिवेशन आव्हानको सिफारिस गर्ने बताइएको छ।

सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्दै साउन ३ गतेभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

३१ असार २०७८, बिहीवार ११:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु