गृहमन्त्री बालकृष्ण खाँणले सम्हाले कार्यभार

३० असार, काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधवार कार्यभार सम्हालेका छन् ।
उनले आज मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।
मंगलवार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार भने आज सम्हालेका हुन् ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।
प्रधानमन्त्रीमा देउवासहित अन्य चार मन्त्रीले मङ्गलवार साँझ नै शपथग्रहण गरिसकेका छन् ।
३० असार २०७८, बुधवार १२:०२ बजे प्रकाशित