सर्बोच्चमा ‘हाई अलर्ट’ सुरक्षा

२८ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउने सम्भावनाका बीच काठमाडौंमा चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ ।

फैसलाले जन्माउने परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको हो ।

Open photo

आज काठमाडौंका सडकमा ७०० बढी प्रहरी परिचालन गरिएको छ । सर्बोच्च परिसरमा पनि सुरक्षा उपस्थित बाक्लो छ ।

सुरक्षा निकायले सर्वोच्चको नतिजा जस्तो पनि आउन सक्ने भएकाले तयारीमा रहन मातहतलाई निर्देशनसमेत दिएका छन् ।

नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरी बल पनि उल्लेख्य मात्रामा परिचालित भएको छ ।

गएको जेठ ८ गते मध्यराति प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

विघटनविरुद्ध परेको रिटमा लामो बहसपछि सर्वोच्चले आज फैसला सुनाउन लागेको हो ।

Open photo

२८ असार २०७८, सोमवार ११:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु