नेपाल पक्षलाई दिएको अल्टिमेटम आज सकिँदै,

२१ असार, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन एमालेले माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम साँझ ५ बजे सकिँदैछ।

१९ गतेको एमाले केन्द्रीय कमिटिको बैठकले आज ५ बजेसम्मको समय दिएको थियो।

आईतबार उपमहासचिव विष्णु पौडेलसहित नेताहरु सुवास नेम्वाङ र शंकर पोखरेलले माधव नेपाललाई भेटेर ओलीसँग छलफल गर्ने र पार्टी एक छ भन्ने सन्देश दिन गरेको आग्रह नेपालले अस्वीकार गरेका थिए ।

२१ असार २०७८, सोमवार ११:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु