देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन एमालेको निर्देशन

१८ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटीको १३ औं बैठक डाकेको थियो ।

यथास्थितिमा केन्द्रीय कमिटी बैठक डाकिएको भन्दै माधव नेपाल पक्ष भने सहभागी भएन । वामदेव गौतम भने उपस्थित भएका छन् ।

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ ।

विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

१८ असार २०७८, शुक्रवार २०:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु