कांग्रेसको पदाधिकारी बैठक स्थगित

१७ असार, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।

आज दिउँसो २ बजे बस्ने तय भएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजे बैठक बस्ने जानकारी दिए।

बैठकका लागि तयारी नपुगेको र नेताहरू पनि व्यस्त रहेकोले भोलिसम्मका लागि बैठक स्थगित भएको छ।

सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन तयारीका लागि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका थिए। कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धी विवाद छ।

अहिलेसम्म ८ लाख ३० हजार क्रियाशील सदस्यता वितरण गर्दा ५ हजार उजुरी परेका छन्।

१७ असार २०७८, बिहीवार १४:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु