एमाले आयोजक कमिटीको अन्तिम बैठक जारी

१६ असार, काठमाडौं । सत्तारुढ दल नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक बसिरहेको छ ।

एमाले एकताको लागि २०७५ जेठ २ को अवस्थाबाट पार्टी सञ्चालन हुनुपर्ने माधव नेपाल पक्षको माग र सर्वोच्चले आयोजक कमिटीका कारबाहीलाई मान्यता नदिएपछि एमालेले आज अन्तिम बैठकबाट केही निर्णय गर्दै यो कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दैछ ।

बैठकले पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय गर्ने एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलाबाट नेकपा एकता बदर भएपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरी अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी खारेज गरेको थियो ।

एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । जुन बैठकमा माधवकुमार नेपाल समूहलाई जेठ २ कै पदाधिकारी हैसियतले सहभागी गराइने भएको छ । हिजो साँझको स्थायी कमिटी बैठकले पार्टी जेठ २ मा फर्किने निर्णय गरेको थियो ।

१६ असार २०७८, बुधवार १३:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु