न्यायाधीश खतिवडाको प्रश्न : राजनीति अस्थिरताको कारण अदालत हो ?

१५ असार, काठमाडौं । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अदालतका कारण राजनीतिक अस्थिरता भएको हो कि अरु पनि कारण छन् भनेर सरकारी वकिललाई सोधेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा मंगलबार भइरहेको सुनुवाइका क्रममा उनले नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई यस्तो प्रश्न गरेका छन्।
जवाफमा पाण्डेयले राजनीतिक अस्थिरताको एउटा कारण अदालत पनि भएको बताए। पाण्डेयले भारतले विघटनबाट पाठ सिकेर स्थायी सरकार बनाउन थालेको तर नेपालमा स्थितरता नभएको बताएका थिए।
त्यसपछि न्यायाधीश खतिवडाले सोधे, ‘नेपालमा २०५२ मा विघटन भयो अदालतले बदर गर्यो। त्यसपछि पनि विघटन भए। स्थायित्व त कहिल्यै भएन।सरकार त पटक पटक परिवर्तन भयो।
भारतमा विघटनले स्थायित्व ल्यायो तर हामी कहाँ अस्थिरता ल्याएको भन्ने कुरा कसरी हेर्ने होरुु, उनले थपे,’ यो सबै अस्थिरताको कारण अदालतको फैसला हो भन्ने ढंगबाट कुरा आयो। अदालतको फैसला मात्र कि अरु पनि कारण हुन्रु
पाण्डेयले सरकार स्थिर भएमा विकास हुन्छ र स्थिरता हुन्छ भन्ने भारतको अभ्यासमा देखिने तर्क गरे। ‘संसद् वा दल कसको स्थिरता भन्दा दुवैको हो। जसले गर्दा पाँच वर्ष चल्छ। संसद केही समय नहुँदा सरकार चाहिँ हुनुपर्छ’, पाण्डेले भने।
१५ असार २०७८, मंगलवार १३:४५ बजे प्रकाशित