मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा

८ असार, काठमाडौ । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद पुनर्गठन असंवैधानिक रहेको जिकर गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटको सुनुवाइका लागि प्रधानन्यायाधीस राणाले आफ्नै इजलासमा पेशी तोकेका हुन् ।
कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भन्दै रिटमा पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्ध गर्न माग गर्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्षी बनाइएको छ ।
गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।
राष्ट्रपति कार्यालय र प्रधानमन्त्री ओलीले लिखित जवाफ दिएपछि आज सुनुवाई हुन लागेको हो । दुवै पक्षको सुनुवाइपछि आजै अन्तरिम आदेश दिने नदिने भन्नेबारे सर्वोच्चले निर्णय सुनाउनेछ ।
८ असार २०७८, मंगलवार १२:३० बजे प्रकाशित