केपी ओलीको भ्याकेट निवेदन आनन्दमोहन र हरि फुँयालको इजलासमा

८ असार काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भ्याकेट निवेदन न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासमा परेको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै ओलीले भ्याकेट निवेदन दिएका थिए । उक्त निवेदनमाथि आज न्यायाधीशद्धय भट्टराई र फुँयालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

एमालेले ह्वीप उल्लंघनको आरोपमा कर्णाली प्रदेश सभा सदस्यहरु प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरवहादुर थापालाई कारबाही गरेको थियो ।

यसअघि, न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन बमोजिमका प्रक्रिया पूरा नगरी कारवाही गरेको भन्दै अन्तरिम आदेशमार्फत बदर गरेको थियो ।

८ असार २०७८, मंगलवार १२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु