राजेन्द्र महतोलाई सिंहदरबार प्रवेशमा निषेध भन्दै गेटमा सूचना !

७ असार, काठमाडौं । नयाँ पार्टी नेपालले उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश निषेध गरिएको भन्दै दक्षिणतर्फको गेट नजिक वालमा सूचना टाँसेको छ ।

सहरी विकास मन्त्रालयमा पुगेर मन्त्री महतोको कार्यकक्षमै तालाबन्दी गर्ने योजनाका साथ गएको तर, सुरक्षाकर्मीले रोकेका कारण गेटमै सूचना टाँसेर हिडेको नयाँ पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष युवराज सफलले बताए ।

मन्त्री महतोलाई आफु नेपाली हुँ भन्ने प्रमाण देखाउन दिएको समयसिमाभित्र प्रमण देखाउन नसकेकोले सिंहदरवार क्षेत्रमा प्रवेश निषेध गरिएको उल्लेख छ । र क्रमश देशभर नै प्रवेश निषेध गर्ने भनिएको छ ।

सिंहदरवार गेटमा खटिएका सुरक्षाकर्मीहरुले भने आफुहरुले त्यस्तो सूचना टाँस गरेको सुरुमा नदेखेको र देखेपछि च्यातिएको बताएका छन् ।

No description available.

७ असार २०७८, सोमवार १४:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु