सर्वोच्चमा प्रधानमन्त्रीको जवाफ-कांग्रेस र माओवादीमा एमाले र जसपा फुटाउने दुषित नियत देखियो

३ असार, काठमाडौं । आफूले विश्वासको मत प्राप्त नगर्ने र वैकल्पिक सरकार पनि गठन नहुने भएकाले प्रतिनिधिसभा विघटन गरेको ओलीको जवाफ छ । प्रतिनिधिसभा विघटन संविधानको व्यवस्था अनुसार गरेको पनि ओलीको तर्क छ ।

उनले भनेका छन्-  आफूले दलीय नियन्त्रण रहनेगरी निर्णय गर्ने र अर्को दल विभाजन गराउने कार्य प्रारम्भत नै दुषित छ  । त्यसैले नेपाली काङ्ग्रेस पार्टीले मिति २०७८ वैशाख २८ गते र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलले मिति २०७८ जेठ ७ गते नेपाली काङ्ग्रेस संसदीय दलको नेतालाई संविधानको धारा ७६ को उपधारा (५) बमोजिमको प्रधानमन्त्रीको रुपमा समर्थन गर्ने निर्णय गरेको छ ।

यसरी नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो दलमा भने संविधान र प्रचलित कानून बमोजिमको दलीय अनुशासनको पालना गर्ने गराउने तर नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टीमा विभाजन ल्याउने नियतले यी दलका केही सदस्यलाई आफूतिर समावेश गराई प्रधानमन्त्रीको दावी गरिएको छ, जुन संसदीय शासन प्रणालीको बिरुद्धमा र संविधान प्रतिकूल छ ।

३ असार २०७८, बिहीवार १३:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु