योगेश भट्टराई भन्छन्– माधव नेपालले प्रचण्ड र देउवा मोह नत्यागे म सहित धेरै साथीले साथ छाड्छौँ

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपालले बदलीय परिस्थितिमा पनि शेरबहादुर देउवाको निवास वुढानिलकण्ठ तर्फको मोह छाड्न नसके आफू लगायत धेरै साथीले उहाँको साथ छाड्ने बताएका छन् । सगरमाथा टेलिभिजनको एसटीभी च्याटमा प्रकाश गिरीसँग कुरा गर्दै उनले बदलीयको परिस्थितिमा पनि माधव नेपालले सकारात्मक दिशा नसमाते पछि नलाग्ने स्पष्ट बताएका छन् ।

उनले चित्त नबुझ्दा नबुझ्दै माधव नेपालले नयाँ पर्टी खोले त्यसमा नलाग्ने बताए । नेकपा एमाले जेठ २ को अवस्थाबाट अघि बढ्नुपर्ने र प्रतिनिधिसभा पुनस्थापना भए एमाले चाँडै नै एकढिक्का भएर अघि बढ्ने उनको विश्वास छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको आआफ्नो ठाउँमा सवल र दुर्बल पक्ष रहेको भन्दै एमालेका लागि सबैले त्याग गर्नुपर्ने बताए ।

उनले पछिल्लो समय अध्यक्ष ओली र वरिष्ठ नेता दुबैको तर्फबाट पार्टी एकताका लागि सहयोग पुग्ने सहमतिका बुँदाहरू प्रस्तुत भएको बताए ।

भट्टराई निकटका सिन्धुलीका गणेश पहाडी वर्तमान सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व सम्हाली रहेका छन् । भट्टराईले १५ सिट भएको जसपाका ११ जना मन्त्री बनाएर प्रधानमन्त्रीले गल्ती गरेको पनि बताए ।

१ असार २०७८, मंगलवार ०९:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु