लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

३० जेठ, काठमाडौं । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् ।

यो सँगै मुख्यमन्त्री शंकर पोखरेललाई केही सहज भएको छ । नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि बजेट ल्याउने बाटो खुलेको छ ।

लुम्बिनीमा विपक्षीले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको दाबी गर्दै आएका छन् ।

३० जेठ २०७८, आइतवार १५:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु