पदमुक्त भएपछि पृथ्वी सुब्बा गुरुङको रातभर देखिएका घिनलाग्दा नाटकीय दृश्यहरु

रातारात प्रदेश सभा भंग भएन

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश ‘सभामा बिस्वासको मत नपाएपछि गुरुङ नेतृत्वको प्र’देश सरकार ढल्यो । त्यसपछि धेरैले सोचेका थिए, रातारात गण्डकी प्रदेश सभा भंग हुनेछ। तर त्यसो भएन।

पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री पदबाट ढलेपछि भने गण्डकी प्रदेशको राजधानी पोखरामा अनौठा दृश्यहरु देखा परे। आफुले प्रदेश सभामा लिन खोजेको बिस्वासको मतको प्रस्ताबमा मतदान गर्ने कार्यक्रममा मन्त्रीपरिषद सदस्य राजिब गुरुङ उर्फ दिपक मनाङ्गे उपस्थित नभएपछी प्रहरीले उनको ब्यापक खोजि गर्यो।

युवा तथा खेलकुद मन्त्री रहेका राजिब गुरुङ उर्फ दिपक मनाङ्गे खोज्दै गएको प्र’हरीले उनलाई त फेला पारेन नै, उनलाई बिपक्षी गठबन्धनमा सहयोग गर्न दबाब दिएको भन्दै नेपाली कांग्रेसका युवा नेता एबम गुण्डा नाइके गणेश लामालाई साँझपख पक्राउ पर्यो। जब गुण्डा नाइके गणेश लामा पोखरा लेकसाइडको खहरे एरियाबाट पक्राउ परे, अघिल्लो दिनदेखि बेपत्ता भनिएका युवा तथा खेलकुद मंत्री राजिब गुरुङ उर्फ दिपक मनाङ्गे पनि त्यही एरियामा फेला परे।

जब प्रहरी आफुलाई खो’ज्दै आएको थाहा पाए प्रदेश मन्त्री राजिब गुरुङ उर्फ दिपक मनाङ्गेले प्रहरीलाई प्रश्न गरे, कसले भन्यो म अपहरणमा पर्यो भनेर ?

प्रहरीले आफुहरुलाई मुख्यमन्त्रीको कार्यालयबाट त्यस्तो खबर आएको बताएपछि उनले प्रहरीलाई आफु अपहरणमा नपरेको बताउदै सुचना दिने मुख्यमन्त्रीलाई नै दबाब दिनु भनेर प्रहरी फ़र्काइदिए। त्यसपछि अर्को नाटक मन्चन शुरु भयो।

बि’स्वासको मत नपाएपछि काम चलाउ सरकारको मन्त्री भएका राजिब गुरुङ उर्फ दिपक मनाङ्गेले गन्थन डट कमसंग कुरा गर्दै आफु दिनभर मनाङ समाजको कार्य’क्रममा सहभागी भएको बताए।

उनले त्यही मिडि’यामा आफु संसद बचाउनु पर्छ भन्ने प’क्षमा रहेकाले संसद बि’घटन गर्ने पक्षमा रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई भोट हाल्न प्रदेश सभा भवन नगएको जिकिर गरे। आफुले सं’सद जोगाउने पक्षमा उभिएको बिपक्षी गठबन्धनलाई सहयोग गर्ने पनि बताए।

त्यसपछि फेरी अर्को शृं’खला शुरु भयो। काम चलाउ प्र’देश सरकारका मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ उर्फ दिपक मनाङ्गेले आफ्नो प’दबाट राजिनामा दिएको समाचारहरु सामाजिक संजाल र मिडियाहरुमा आए। बेपत्ता भनिएका प्रदेश मन्त्री राजिब गुरुङ उर्फ दिपक मनाङ्गेको अन्त’र्वार्ता पहिलो पटक प्र’शारण गरेको गन्थन डट कमले पनि उनको राजी’नामा सम्बन्धि स’माचार सार्व’जनिक गर्यो।

काम चलाउ युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ उर्फ दिपक मनाङ्गेले प्रदेश मन्त्री पदबाट राजिनामा दिएको समाचार सार्वजनिक हुँदा नहुँदै पोखराबाट नै प्र’काशन तथा प्रशारण भैरहेको समाधान दैनिकको अनलाइन संस्करणले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफुलाई बिस्वासको मत दिने प्रस्ताबमा सहयोग नगरेको भन्दै प्रदेश मन्त्री पदबाट बर्खास्त गरेको समाचार प्रकाशन गर्यो।

त्यसो त बिस्वासको मत नपाएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आफै काम च’लाउ मुख्यमन्त्री बनिसकेका छन्। उनले संविधानको बमोजिम बन्ने सरकार आएपछि स्वतस् पद छाड्नु पर्ने हुन्छ। त्यही काम चलाउ बनिसकेको मन्त्रिपरिषद सदस्यले थप राजिनामा दिने र उसलाई मन्त्री पदबाट हटाउनु पर्ने कुनै आब’श्यकता नै रहदैन। तर रातभरको नाटक मंचनमा त्यो दृश्य देखा पर्यो।

३० जेठ २०७८, आइतवार ०७:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु