नेताहरूसंग सभामुखको छलफल सकियो, ओली नआएकोमा निन्दा

सभामुख अग्नि सापकोटाको आव्हानमा प्रतिनिधि सभा विघटनपछिको विकसित राजनीतिक घटनाक्रमको सम्बन्धमा भएको  सर्वदलीय बैठक सकिएको छ ।

संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा भएको उक्त बैठकमा विपक्षी गठबन्धनका नेताहरु सहभागि थिए । बैठकको निर्णय भने आउन बाकि छ ।

बैठकमा ओली नआएकोमा निन्दा गरेको एमालेका एक शीर्ष नेताले भने ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव कुमार नेपाल लगायत उपस्थित थिए ।

प्रतिनिधि सभा विघटनपछिको अवस्थाबारे बैठकमा छलफल भएको जानकारी प्राप्त भएको छ ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि भएनन् । सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेतालाई बैठकमा बोलाएका थिए ।

सभामुखले प्रधानमन्त्री ओलीलाई पत्र पठाएर बैठकमा सहभागि जनाउन आग्रह गरेका थिए ।

यसअघि उनले पूर्व सभामुख र संविधानविद्हरुसँग परामर्श गरेका थिए ।

२८ जेठ २०७८, शुक्रवार १६:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु