गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरेपछि सभामुख नेत्रनाथ अधिकारीले ३० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्रीले मागेको विश्वासको मतको पक्ष र विपक्षमा मतदान हुनुअघि बैठक स्थगित गरिएको हो ।

२७ जेठ २०७८, बिहीवार १५:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु