गृहमन्त्री बन्दै खगराज अधिकारी

जेठ २७, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै छन् ।

उनले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित ८ मन्त्री नियुक्त गर्नलागेका हुन्। थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्।

त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीको नाम तय भएको छ।

रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन्। त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छिन्।

उक्त ८ मन्त्रीहरुको आजै साँझ शपथ राखिएको छ ।

२७ जेठ २०७८, बिहीवार १३:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु