प्रचण्डले उतै बस्नुस भनेपछि टोपबहादुरले भने- अब माओवादी केन्द्रको आयु सकियो

माओवादी केन्द्रमा फर्किन प्रचण्डलाई खबर पठाएको र प्रचण्डले ठाडै अस्विकार गरेको भनि चर्चा भैरहेका बेला पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र सकिएको बताएका छन् । उनले पार्टीको आयु सकिएको भन्दै औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन्। माओवादी केन्द्रमा फर्किन लागेको भन्ने समाचार र हल्ला षड्यन्त्र मात्रै भएको उनले बताएका छन्।
टोपबहादुर माओवादीमा फर्किन प्रचण्डलाई सुचना पठाएको र प्रचण्डले अस्विकार गरेको भनि विभिन्न संचारमाध्यममा समाचार आइरहेका बेला उनले आफ्नो बचाउ गर्दै आफूलाई जोडेर माओवादी पार्टीको आयु बढाउन खोजिएको बताएका छन् । सामाजिक संजालमा समेत रायमाझी माओवादीमा फर्किन खोजेको ब्यापक चर्चा छ ।
रायमाझीले सोमबार एक विज्ञप्ति जारी गर्दै उनले केहि सञ्चार माध्यमहरुबाट आफ्नो नाम जोडेर नेकपा माओवादी केन्द्र मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन अपिल गरेका छन्।
रायमाझीले प्रचण्डमा रहेका कुर्सी मोह ९पदलोलुपता०, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उनी राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भएको टिप्पणी गरेका हुन्। रायमाझीले भनेका छन्, ‘क। प्रचण्डमा रहेका कुर्सी मोह ९पदलोलुपता०, अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ।’
उनले सुशासनसहितको स्थिरतामार्फत मुलकमा दिगोरचौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन्।
रायमाझीले भनेका छन्, ‘सुशासनसहितको स्थिरतामार्फत मुलकमा दिगोरचौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क। केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरुरजनसमुदायमा हार्दिक अनुरोधरअपिल छ।’
२५ जेठ २०७८, मंगलवार २२:१४ बजे प्रकाशित