माधव नेपाल नेतृत्वमा एमाले कब्जा गर्ने बामदेव गौत्तमको प्रस्ताव
‘अध्यक्ष ओलीको प्रस्ताव एकताको इमान्दार प्रयास मान्न सकिन्न’

२५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने बताएका छन् ।
मंगलबार विज्ञप्ति जारी गरी उनले अध्यक्ष ओलीले पार्टी कमिटीलाई निशर्त रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार नभएको भन्दै एकताको इमान्दार प्रयास मान्न नसकिने बताएका हुन् ।
नेता गौतमले एमालेलाई २०७५ जेठ ३ पूर्वका अवस्थाबाट अगाडि बढाउन तयार हुनु सकारात्मक भए पनि एकताको पक्षमा उभिएकाहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउन नहुने बताएका छन् ।
‘त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार गर्न पनि सकिन्छ भन्ने हो, जसलाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न’ गौतमले भनेका छन् ।
अब अन्तिम पटक वरिष्ठ नेता माधव नेपाल नेतृत्वमा एमाले कब्जा गर्ने गौत्तमको प्रस्ताव छ । तर, त्यो कसरी भन्ने उनले खुलाएका छेनन् ।
२५ जेठ २०७८, मंगलवार १९:२४ बजे प्रकाशित