देउवालाई भेट्न फेरि गए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुनः बालुवाटारतर्फ लागेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलगत्तै प्रचण्ड देउवा निवास बुढानिलकण्ठ लागेका हुन् ।
सोमबार विहान नेकपा एमालेले निष्कासन गरेका नेता माधवकुमार नेपाललाई भेटे लगत्तै पनि कांग्रेस सभापति देउवालाई भेटेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कामचलाउ मन्त्रिपरिषद पुनर्गठन गरेलगत्तै पनि प्रचण्ड–देउवा–नेपालबीच बारम्बार भेटवार्ता भइरहेको छ ।
ओलीले असंवैधानिक गतिविधि एकपछि अर्को गर्दै आएको भन्दै विपक्षी गठबन्धनले विरोध जनाउँदै आएको छ ।
२४ जेठ २०७८, सोमवार १५:४२ बजे प्रकाशित