संसद विघटन मुद्दा : न्यायाधीशले नै भने कन्फरटेबल फिल भइरहेको छैन

चोलेन्द्र शमसेर जबराले ११ जना न्यायाधीश संवैधानिक इजलासमा बस्न नमिल्ने भनी चारजना अधिवक्ताले पेस गरेको निवेदन अवहेलना सम्बन्धी कसूर आकर्षित हुने खालको रहेको भन्दै आफूले सम्झाउन खोजेको बताएका छन् ।
संवैधानिक इजलासमा बहस गर्ने क्रममा महान्यायाधिवक्ता रमेश बडाललगायतले अमुक वकिलले इजलासमा प्रश्न उठाउँदा न्यायाधीश परिवर्तन हुने र अरुले उठाउँदा मानहानी किन लाग्ने ? भन्ने प्रश्न गरेको सन्दर्भमा राणाले त्यसको जवाफ दिएका हुन् ।
ब्रेकपछी सरकार पक्षले फेरि बहस गर्न खोजे । तर इजलासले रोक्यो ।
बाबुराम दाहालले बोल्न खोजेपछि न्यायाधीश ईश्वर खतिवडाले भने – तपाईंहरुको कुरा आइसकेको छ ।
इजलास पुन: शुरू भएलगत्तै अधिवक्ता बाबुराम दाहाल र सुरेन्द्र भण्डारी बोल्न खोज्दा न्यायाधीश ईश्वर खतिवडाले रोकका हुन् । खतिवडाले भने, ‘यो मुद्दामा जे भइरहेको छ, त्यसले हामीलाई कम्फर्ट भइरहेको छैन ।
इजलास गठन बहस गर्ने विषय होइन यो यहाहरुले नै बुझ्ने कुरा हो । इजलासको विषयमा सरकार पक्षबाट जति सुन्नु पर्ने हो सुनिसक्यौं । अब आवश्यक छैन ।
इजलासले रोकेपछि प्रधानन्यायाधीशले रिट निवेदक अधिवक्ता बद्री बहादुर कार्कीलाई समय दिए । कार्की अहिले बहस गर्दैछ्न। उनले भनेका छन् – यो प्रश्नबारे तपाईहरुले नै बुझ्ने कुरा हो ।
न्यायाधीशले रोकेपछि अब विपक्षी गठबन्धनको मुख्य मुद्दाका निवेदकको तर्फबाट बद्रीवहादुर कार्कीले बोलिरहेका छन् ।
२३ जेठ २०७८, आइतवार १५:५० बजे प्रकाशित