सरकारी वकिललाई मानहानीको मुद्दा लगाउने प्रधानन्यायाधीश जबराको चेतावनी

२३ जेठ, काठमाडौं । संसद विघटनको रिट सुनुवाइका लागि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गठन गरेको संवैधानिक इजलासका न्यायाधीशले उक्त मुद्दा हेर्न नमिल्ने भनी प्रधानमन्त्री केपी शर्मा ओली निकटका कानुन व्यवसायीले इजलासमै प्रश्न उठाएको छ ।

तर प्रधानन्यायाधीश जबराले उक्त मुद्दा फिर्ता लिन आग्रह गर्दै नभए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई धारा ७६ (५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेसहितका कानुन व्यवसायीले अहिलेको इजलासमा रहेका न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी निवेदन दर्ता गरेका थिए ।

तरप्रधानन्यायाधीशले इजलासप्रति विश्वास गर्नुपर्ने भन्दै त्यसलाई फिर्ता लिन आग्रह गरेका हुन् तपाईहरुले इजलासको मर्यादा कायम राख्नुपर्छ ।

‘इजलास प्रतिको विश्वास तपाईहरुको कर्तब्य हो । अहिले जुन निवेदन राख्नुभो यो निवेदन अनुसार मुद्दा हेर्न सक्ने अवस्था सिर्जना भएन् ।

यो निवेर्दन र्फिता लानुस अन्यथा कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु । राणाले सोधे दर्ता गर्ने कि परिणामा भाग्ने ?’ उनले सोधे ।

यस्तै राणाले संयमित हुन पनि सबैमा अनुरोध गरेका छन् । ‘यो आफैंमा गम्भीर विषय हो । तपाईंहरुले इजलासको मर्यादा कायम राख्नुपर्छ । इजलास प्रतिको विश्वास तपाईंहरुको कर्तव्य हो’, राणाले भने ।

२३ जेठ २०७८, आइतवार १२:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु