यस्तो छ १६ मन्त्रीको बायोग्राफी (विवरणसहित)
०७४ बाट राजनीति सुरु गरेकादेखि १५ पटक मन्त्री भएकासम्म

२१ जेठ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा सामेल गर्दै ओलीले १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् ।
नयाँ मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री बनेका छन् ।
विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री, अर्थ
जन्म ः २०१६ मंसिर १५ गते÷स्याङ्जा
हालको ठेगाना ः ललितपुर
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित (रुपन्देही–२)
राजनीतिक यात्रा ः २०३५ असोजमा तत्कालिन मालेको पार्टी सदस्य । २०४१ मा माले जिल्ला कमिटी सचिव । २०४७ मा एमालेको केन्द्रीय कमिटी सदस्य । २०४९ मा एमाले स्थायी कमिटी सदस्य । २०७१ मा एमालेको उपमहासचिव निर्वाचित, २०५१ मा प्रतिनिधिसभा सदस्य, २०६४ र २०७० मा संविधानसभा सदस्य, २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित ।
सरकारमा सहभागिता ः ०५४ सालमा बामदेव नेतृत्वमा बनेको सरकारमा युवा, खेलकूद तथा संस्कृति मन्त्री, ०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री, तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री, ०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री, केपी ओली नेतृत्वकै सरकारमा ०७७ असोजदेखि अर्थमन्त्री ।
राजेन्द्र महतो – उपप्रधानमन्त्री, शहरी विकास
जन्म ः २०१५ मंसिर ४ गते÷सर्लाही
हालको ठेगाना ः काठमाडौं
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित (धनुषा–३ )
राजनीतिक यात्रा ः २०४७ सालमा नेपाल सद्भावना पार्टीमा आवद्ध । सद्भावना पार्टी प्रवक्ता, महासचिव, उपाध्यक्ष र अध्यक्ष, राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्षमण्डलको सदस्य हुँदै हाल जनता समाजवादी पार्टी (जसपा)को वरिष्ठ नेता । २०५६ मा सर्लाही २ बाट प्रतिनिधिसभा सदस्य, २०६४ मा सर्लाही १ बाट प्रतिनिधिसभा सदस्य, २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित ।
सरकारमा सहभागिता ः २०६३ मा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री, २०६५ र २०६६ मा वाणिज्य तथा आपुर्तिमन्त्री, २०६८ मा स्वास्थ्य मन्त्री । वर्तमान सरकारमा उपप्रधानमन्त्री, शहरी विकास मन्त्री ।
रघुवीर महासेठ – उपप्रधानमन्त्री, परराष्ट्र
जन्म ः २०१८ साउन २२ गते ÷धनुषा
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित ( धनुषा–४ )
राजनीतिक यात्रा ः २०३३ सालमा तत्कालिन नेकपा मालेको सदस्य, २०५४ सालदेखि एमाले केन्द्रीय कमिटी सदस्य, २०६५ सालमा धनुषा ५ बाट र २०७४ सालमा धनुषा ४ बाट निर्वाचित
सरकारमा सहभागिता ः २०६८ मा जलस्रोत तथा सिंचाईमन्त्री, २०७४ फागुनदेखि २०७६ मंसिरसम्म भौत्तिक पूर्वाधार मन्त्री ।
शेरबहादुर तामाङ – स्वास्थ्यमन्त्री
जन्म ः २०२५ चैत १५ गते÷सिन्धुपाल्चोक
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित ( सिन्धुपाल्चोक–२ )
राजनीतिक यात्रा ः २०४० सालमा मालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला कमिटी अध्यक्ष, २०५४ मा एमालेको जिल्ला कमिटी सचिव, २०५९ मा बागमति अञ्चल सदस्य, २०७० मा सिन्धुपाल्चोक–३ बाट संविधानसभा सदस्यमा निर्वाचित, २०७४ मा सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित ।
सरकारमा सहभागिता ः वर्तमान सरकारको सुरुवात २०७४ सालमा कानुनमन्त्री । दुई वर्ष अघि राजीनामा । फेरि वर्तमान सरकारमा स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ– मन्त्री शिक्षा तथा विज्ञान प्रविधि
जन्म ः २०१५ असोज ६ गते÷काठमाडौं ।
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित ( काठमाडौं–९)
राजनीतिक यात्रा ः २०३८ सालमा पार्टीको काठमाडौं जिल्ला कमिटी सचिव । २०४२ सालमा भक्तपुर र २०४६ सालमा ललितपुरको पार्टी सचिव, २०३६÷०३७ सालमा उनी उपत्यका समन्वय कमिटीको सदस्य, २०४७ सालमा अखिल नेपाल किसान संघको सचिव, २०५४ सालमा नेकपा एमालेको काठमाडौं उपत्यका कमिटी सचिव, २०५४ सालमै एमालेको केन्द्रीय सदस्य, २०४८ सालमा काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित, २०५१ को आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित, २०५६ मा काठमाडौं–९ बाट पराजित, २०६४ सालको पहिलो संविधानसभा काठमाडौं–९ बाट पराजित, २०७४ मा काठमाडौं–९ प्रतिनिधिसभा सदस्य निर्वाचित ।
सरकारमा सहभागिता ः २०६१ सालमास्थानीय विकास राज्यमन्त्री, वर्तमान सरकारमा ०७७ असोजदेखि निरन्तर मन्त्री । सुरुमा शहरी विकास मन्त्री, त्यसपछि शिक्षा तथा विज्ञान प्रविधिमन्त्री ।
बसन्तकुमार नेम्वाङ – मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
जन्म ः २०१८ चैत ८ गते ÷पाँचथर
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित (पाँचथर )
राजनीतिक यात्रा ः २०४८ देखि ०६७ सालसम्म एमाले जिल्ला कमिटी सदस्य, २०७० मा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, २०४८, २०५६ र २०७४ मा पाँचथरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित,
सरकारमा सहभागिता ः वर्तमान सरकारमा २०७६ मंसिर ५ गते निरन्तर । भौत्तिक पूर्वाधार तथा यातायात मन्त्री ।
लीलानाथ श्रेष्ठ – मन्त्री, कानून न्याय तथा संसदीय मामिला
जन्म ः २०१८÷सिराह
हालको ठेगाना ः ललितपुर
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित ( सिराह–३)
राजनीतिक यात्रा ः ०४७ मा एमाले पार्टी सदस्यता । २०५१ मा जिल्ल कमिटी सदस्य निर्वाचित । २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन सिरहा जिल्ला विकास समितिको उपसभापति, २०७० को संविधानसभामा पराजित, २०७४ सालको निर्वाचनमा सिराहा–३ बाट सांसद निर्वाचित ।
सरकारमा सहभागिता ः वर्तमान सरकारमा ०७७ असोजदेखि निरन्नर मन्त्री । सुरुमा महिला बालबालिका तथा सामाजिक विकास मन्त्री त्यसपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री ।
शरतसिंह भण्डारी – मन्त्री, ऊर्जा
जन्म ः १९१४ अक्टोबर ८÷धनुषा
हालको ठेगाना ः ललितपुर
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित ( महोत्तरी–२)
राजनीतिक यात्रा ः २०३२ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध । २०३६ साल देखि नेपाली कांग्रेसमा आवद्ध भइ सक्रिय । बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिमा नजिक । २०५१ पछि पुनः कांग्रेसको राजनीतिमा सक्रिय । मधेश आन्दोलनपछि मधेसी जनअधिकार फोरममा आवद्ध । राजपाको अध्यक्षमण्डलको सदस्य हुँदै हाल जसपाको नेता ।
२०३८ र ०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित । २०५१ मा स्वतन्त्र उम्मेदवार र २०६५ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित । २०६४ मा महोतरी–४ बाट संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्यमा महोतरी–२ बाट निर्वाचित ।
सरकारमा सहभागिता ः २०४५ सालदेखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक मन्त्री । वर्तमान सरकारमा ऊर्जा मन्त्री ।
अनिल झा – मन्त्री, खानेपानी तथा सरसफाई
जन्म ः २०२४ असोज १५ गते÷रौतहट
हालको ठेगाना ः काठमाडौं ।
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित ( रौतहट–१)
राजनीतिक यात्रा ः नेपाल सद्भावना पार्टी निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी मञ्चको संस्थापक केन्द्रीय अध्यक्ष, तत्कालिन राष्ट्रिय जनता समाजवादी पार्टी राजपा नेपालको अध्यक्षमण्डलको सदस्य, हाज जसपाको नेता । २०६४ मा समानुपातिकतर्फबट संविधानसभा सदस्य, २०७४ मा रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
सरकारमा सहभागिता ः २०६८ मा उद्योगमन्त्री । वर्तमान सरकारमा खानेपानी तथा सरसफाई मन्त्री
विमल श्रीवास्तव – श्रम तथा रोजगार
जन्म ः २००७ साल ÷रौतहट
हालको ठेगाना ः काठमाडौं ।
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित ( पर्सा–२)
राजनीतिक यात्रा ः २०२५ सालमा ठाकुराम क्याम्पसको विद्यार्थी युनियनबाट राजनीतिक जीवन आरम्भ । राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिमा सक्रिय । हाल जसपाको नेता । २०७४ मा पर्सा २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
सरकारमा सहभागिता ः पहिलोपटक वर्तमान सरकारमा श्रम तथा रोजगार मन्त्री
उमाशंकर अरगरिया – मन्त्री, वन तथा वातावरण
जन्म ः २०३४ असोज २७ गते ÷धनुषा
हालको ठेगाना ः ललितपुर
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित ( धनुषा–२)
राजनीतिक यात्रा ः ०६२÷०६३ अघि नेपाली कांग्रेस निकट विद्यार्थी संगठनमा आवद्ध हुँदै कांग्रेसमा सक्रिय । ०६२÷०६३ को जनआन्दोलनपछि मधेसी जनअधिकार फोरममा आवद्ध । फोरमबाट विभाजन भएको फोरम लोकतान्त्रिकको धनुषा जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, विदेश विभाग प्रमुख हुँदै हाल जसपाको केन्द्रीय सदस्य ।
सरकारमा सहभागिता ः पहिलोपटक वर्तमान सरकारमा वन तथा वातावरण मन्त्री
लक्ष्मणलाल कर्ण – मन्त्री, भूमि व्यवस्था
जन्म ः २००३ साल चैत १५ गते ÷पर्सा
हालको ठेगाना ः काठमाडौं
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित (पर्सा–४)
राजनीतिक यात्रा ः २०४० सालमा सद्भावना परिषदको सचिव, ०४७ मा सद्भावनाको केन्द्रीय सदस्य, २०४८ मा सद्भावनाको उपाध्यक्ष, हाल जसपाको नेता । २०६४ र २०७० मा समानुपातिक तर्फबाट संविधानसभा सदस्य ।
सरकारमा सहभागिता ः पहिलोपटक वर्तमान सरकारमा भूमि व्यवस्था मन्त्री
चन्दा चौधरी – मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
जन्म ः २०३१ साल साउन ३ गते ÷महोतरी
हालको ठेगाना ः काठमाडौं
निर्वाचन प्रणाली ः समानुपातिक
राजनीतिक यात्रा ः ०६२÷०६३ को जनआन्दोलनपछि राजनीतिमा सक्रिय । कांग्रेसबाट राजनीति सुरु गरेर सद्भावना हुँदै तराई मधेश लोकतान्त्रिक पार्टीमा आवद्ध हुँदै आएर हाल जसपाको नेतृ । २०७४ सालमा समानुपतकितर्फबाट प्रतिनिधिसभा सदस्य ।
सरकारमा सहभागिता ः पहिलोपटक महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
एकवाल मियाँ – मन्त्री, युवा तथा खेलकुद
जन्म ः २०२६ जेठ १५ गते÷बारा
हालको ठेगाना ः काठमाडौं
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित (बारा–४)
राजनीतिक यात्रा ः २०४३ सालमा अनेरास्ववियुको सदस्यता । २०६० सालदेखि २०७१ सालसम्म नेकपा एमालेको जिल्ला स्तरमा बुद्धिजिवी कमिटीमा सल्लाहाकार, २०७३ मा तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीमा आवद्ध, राजपा नेपालको केन्द्रीय सदस्य हुँदै हाल जसपा नेता । २०७४ सालमा बारा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
सरकारमा सहभागिता ः पहिलोपटक मन्त्री, युवा तथा खेलकुदमन्त्री
चन्द्रकान्त चौधरी – राज्यमन्त्री, ऊर्जा
जन्म ः २००४ साल÷सप्तरी
हालको ठेगाना ः काठमाडौं
निर्वाचन प्रणाली ः प्रत्यक्ष निर्वाचित (सप्तरी–३ )
राजनीतिक यात्रा ः २०१८ सालदेखि २०४६ सालसम्म प्रधानपञ्चको रुपमा कार्य गरेको, २०४६ सालको आन्दोलनपछि गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित, त्यसपछि नेपाली कांग्रेसमा आवद्ध भएर राजनीतिमा सक्रिय, पछि कांग्रेस परित्याग गर्दए मधेश आन्दोललनमा सक्रिय, राजपा नेपाल हुँदै हाल जसपाको नेता । २०७४ सालमा सप्तरी–३ बाट बारा ४ प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
सरकारमा सहभागिता ः पहिलोपटक ऊर्जा राज्यमन्त्री ।
रेणुका गुरुङ – राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
जन्म ः २०२४ माघ ७ गते÷खोटाङ
हालको ठेगाना ः काठमाडौं
निर्वाचन प्रणाली ः समानुपातिक
राजनीतिक यात्रा ः २०७४ सालमा संघीय समाजवादी पार्टीको टोखा नगर कमिटीमा अध्यक्षबाट राजनीतिमा सक्रिय । हाल जसपाको नेतृ । २०७४ सालमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा ।
सरकारमा सहभागिता ः पहिलोपटक महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री ।
२१ जेठ २०७८, शुक्रवार २३:१५ बजे प्रकाशित