सरकारमा जाने जसपाको निर्णय, ६ बजे सपथग्रहण

जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आज ६ वजे सपथग्रहण लिने भएका छन् ।
जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति भएर पार्टीले १० जनाको नाम बुझाई सकेको छ ।
आज ६ वजे सपथग्रहण हुने कुरा भएको छ । मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्त, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्राकन्त चौधरी रहेका छन् ।
उनीहरुले कुन कुन मन्त्रालय पाए त्यसको जानकारी सपथग्रहणको समयमा गराउने कर्णले बताए ।
स्रोतका अनुसार, राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी, ऊर्जा तथा जलस्रोत, अनिल झा, खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्री मा सपथ लिनु हुनेछ ।
२१ जेठ २०७८, शुक्रवार १६:०४ बजे प्रकाशित