माधव नेपालको शर्त- पार्टी २ जेठ २०७५ मा फर्किएर हुन्न, संसद विघटन फिर्ता हुनुपर्छ

२१ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताका लागि पार्टी कमिटी २०७५ जेठ २ मा फर्किएर मात्रै नहुने बताएका छन् ।
एमाले एकताका लागि माधव नेपालको शर्त छ- पार्टी २ जेठ २०७५ मा फर्किएर हुन्न, संसद विघटन फिर्ता हुनुपर्छ ।
जेठ २ मा फर्किदैमा केपी ओलीले गरेका असंबैधानिक कामहरू क्षम्य नहुने नेपालको शर्त छ । माधव समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
बिहीबार देखि शुरु भएको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ । बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए ।
बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्नेगरी बैठक चलिरहेको छ ।
२१ जेठ २०७८, शुक्रवार ११:२४ बजे प्रकाशित