संसद् पूनःस्थापना भए पनि पुनः ओली नै प्रधानमन्त्री बन्ने !

यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ : कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले संसद् पूनःस्थापना भए केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

उनले आफूहरुले सुरुदेखि नै चुनाव नै अहिलेको संकट समाधानको उपयुक्त विकल्प भएको कुरा पनि उल्लेख गरेका छन् । तर, आफूले यसो भन्दा कतिपयले प्रधानमन्त्री ओलीको पक्ष लिएको भनेर टिप्पणी गरेको पनि थापाले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले यस्तो धारणा राखेका हुन् । उनले भनेका छन् “चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा पक्ष लियो भन्छन।तर,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्।चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ,संसद पुनर्स्थापना भएमा पुन ओली नै प्रम हुन्छन्।यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ”

१७ जेठ २०७८, सोमवार २३:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु