डा. बाबुराम भट्टराईले गरे जसपा पार्टी फुटेको घोषणा !

जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको घोषणा गरेका छन् । यहि संकेत गर्दै उनले अब आ–आफ्नो बाटो लाग्न समेत आग्रह गरेका छन् ।

‘भेंडा भेंडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ । हात मिलाएर आ–आफ्नो बाटो लागौं । हिंडिरहे फेरि भेट हुनेछ,’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो सरकारमा जाने तयारीम रहेका बेला डा. भट्टराईले यस्तो बताएका हुन् ।

महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आजै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । वालुवाटारमा भएको भेटमा सरकारमा सहभागीताको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित भएको पनि जनाइएको छ ।

१७ जेठ २०७८, सोमवार ११:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु