सभामुख सापकोटाले परामर्शका लागि पूर्वसभामुखहरुलाई बोलाए

११ जेठ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन लगायत समसामयिक विषयमा छलफल पूर्व सभामुखहरुलाइ बोलाएका छन् ।
यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल गर्न पूर्व सभामुखहरुलाई बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ । छलफल आज दिउसो १ बजे सभामुखको सचिवालयमा हुने छ ।
२०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व सभामुख रहेका छन् ।
सभामुखले संसद अधिवेशन आव्हान गर्ने सुझाब दलहरुले दिइरहदा सापकोटाले पूर्वसभामुहरुसँग परामर्श गर्न लागेका हुन ।
११ जेठ २०७८, मंगलवार ११:०० बजे प्रकाशित