माफी चाहन्छौं

‘बिरगंजमा नागरिकता लिनेको भिड, भिम रावलले जनाए आपत्ति’ भन्ने समाचार सम्प्रेषण भएकोमा माफी चाहन्छौं ।

पूर्वमन्त्री भीम रावलले सोमबार साँझ वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको संख्या ठूलो रहेको समाचार आयो भन्दै ट्वीटरमा लेखे । त्यसैको आधारमा समाचार सम्प्रेषण गरिएको थियो । तर, उक्त सूचना गलत भएको पाइएपछि हटाएक छौं । यसबाट पर्न गएको असरप्रति क्षमाप्राथी छौं ।

– सम्पादक

नागरिकताका विषयमा भीम रावलले कसरी अफवाह फैलाए ? भन्ने यहाँ अपटेड गरेका छौं ।

पूर्वमन्त्री भीम रावलले सोमबार साँझ वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको संख्या ठूलो रहेको समाचार आयो भन्दै ट्वीटरमा लेखे ।

पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा रहेको र प्रशासन कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सेवा पनि बन्द रहेको अवस्थामा पूर्व गृहमन्त्रीसमेत रहेका रावलको टिप्पणीले धेरै मानिस अचम्ममा परे ।

सरकारले नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश २०७८ जारी गरेको भोलिपल्ट ट्वीट गरेका कारण रावलको टिप्पणी सोही विधेयकतिर लक्षित थियो । रावलले मंगलबार बिहान आफ्नो उक्त विवादास्पद ट्वीट हटाएका छन् । तर उक्त विषयको तरंग उनले ट्विट डिलिट गरे पनि कायमै छ ।

उनले उक्त ट्वीट डिलिट गर्दै अर्को ट्वीट गरेका छन्, त्यसमा पनि आफूले अघिल्लो ट्वीटमा त्यस्तो लेख्नु कुनै गलत कुरा होइन भन्दै वचाउ गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले वीरगञ्जमा नागरिकता लिनेको भिड देखियो भन्ने समाचार आयो, सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन, सरकारले प्रष्ट पारे भइहाल्यो । तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनुहुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु ।’

१० जेठ २०७८, सोमवार २१:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु