उपेन्द्र यादवलाई जसपाको कार्यकारी अधिकार

काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव – बाबुराम भट्टराई पक्षले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।

दुई दिन बसी आइतबार सकिएको जसपाको कार्यकारिणी समितिको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘बैठकले पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।’

जसपामा दुई अध्यक्ष छन् । यसअघि महन्थ ठाकुरले यस्तो अधिकार प्रयोग गर्दै आएका थिए । त्यस्तै जसपाले ठाकुर लगायत पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । बैठकले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी समेत बैठकले दिएको छ । संसदीय दलको नेतामा महतो चयन भएको विषयलाई पनि बैठकले अस्वीकार गरेको छ ।

त्यस्तै सरकारसँग वार्ता गर्न बनेको कार्यदलमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको प्रति समेत आपत्ति जनाएको छ ।

९ जेठ २०७८, आइतवार १९:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु