देउवालाई प्रधानमन्त्री ओलीको प्रश्न- राष्ट्रपतिलाई तपाईंसम्म नभन्ने तपाईं को हो ?

८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका छन् ।

शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘शेरबहादुर देउवाको औपचारिक वक्तव्य हेरें, राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन । तिमी, उनी, यसो गरिन् जस्ता भाषा प्रयोग गरिएको छ । राष्ट्रपतिलाई तपाईंसम्म नभन्ने शेरबहादुर देउवा को हो ?’

८ जेठ २०७८, शनिवार १६:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु