सांसदहरुलाई नागरिकतासहित वानेश्वरस्थित संसद भवन बोलावट

केपी ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको निष्कर्ष

८ जेठ, काठमाडौं । विपक्षी गठबन्धनमा रहेका दलहरु संसद विघटनविरुद्ध अदालत जाने भएका छन् ।

बहुमत सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट लिएर जाने निर्णय भएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए ।

उनका अनुसार भोलि आइतबार दिउँसो १ बजे सांसदहरुलाई नागरिकता वानेश्वरस्थित संसद भवन बोलाइएको छ ।

‘भोलि सांसदहरुको हस्ताक्षर संकलन हुन्छ । रीटको ड्राफ्ट तयार हुँदैछ । भोलि सबै काम भ्याए भोलि नै नभ्याए अर्को दिन अदालत जाने निर्णय छ’ नेता गुरुङले  भने ।

शनिवार वानेश्वरमै विपक्षी गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेका माधव कुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव समूहका सांसदहरु भेला भएका थिए ।

शीर्ष नेताहरुको अनौपचारिक छलफलले प्रधानमन्त्री केपी ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको निष्कर्ष निकालेका थिए । शीर्ष नेताहरुको  निष्कर्षलाई सांसदहरुले अनुमोदन गरेका छन् ।

८ जेठ २०७८, शनिवार १४:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु