देउवाले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने निर्णय

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने देउवाको तयारी छ ।

यसका लागि अहिले कांग्रेस संसदीय दलको कार्यालयमा चार पक्षका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

७ जेठ २०७८, शुक्रवार १५:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु