महाअभियोगबारे प्रचण्डले भने–सल्लाह हुँदैछ, आउन सक्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे सल्लाह भइरहेको बताएका छन् ।
कांग्रेस सभापति शेरवहादुर देउवा निवासमा प्रवेश गर्दै प्रचण्डले यस्तो बताएका हुन् । महाअभियोग आउला त ? भन्ने प्रश्नमा प्रचण्डले भने–सल्लाह हुँदैछ,आउन सक्छ ।
देउवा निवासमा विपक्षी गठबन्धनको बैठक बस्दैछ । अहिले नेताहरु बुढानिलकण्ठ पुग्ने क्रम जारी छ ।
७ जेठ २०७८, शुक्रवार ११:३३ बजे प्रकाशित





