इश्वर पोखरेललाई गृहमन्त्री नियुक्त गर्ने तयारी

एमाले महासचिब पोखरेललाई गृहमन्त्री बनाउने तयारी भएको छ । निर्वाचनमा पराजित भएसंगै पोखरेललाई गृहमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।
करिब ७ महिनादेखि बिना विभागिए मन्त्री बनाईएका महासचिव ईश्वर पोख्रेल चुनावबाट बादल पाखा लागेपछि गृहमन्त्री बन्न लागेका हुन् ।
सर्वोच्च अदालतले पनि आजै सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । यो संगै बादल र अरु ६ जना पदमुक्त भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।
ले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र भैईरहेको विषयले प्राथमिकता पाईरहेको ।
यसअघि रक्षा मन्त्रि रहेका पोखरेको जिम्मेवारी खोसेर प्रधानमन्त्री केपी शर्मा ओली स्वंयले लिएका थिए । पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएता पनि कार्यविभाजनमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तोकिएको थियो ।
बिना बिभागिय मन्त्री बनाइएका पोखरेल हातमा कुनै जिम्मेवारी छैन । विगतमा रक्षा मन्त्री रहेका पोखरेल शक्तिहिन बनेको अवस्थामा बादल निर्वाचनबाट पराजित भएपछि गृहमन्त्री बन्ने दाउमा छन् ।
६ जेठ २०७८, बिहीवार १९:१७ बजे प्रकाशित