निर्वाचन परिणाम नआउदै बादलले गरे हार स्विकार

मकवानपुर । राष्ट्रिय सभा उपनिर्वाचनको मत परिणाम नआउदै राम बहादुर थापा ‘बादल’ ले हार स्विकार गरेका छन् ।
मतदान गर्न मतदान स्थल पुगेका सत्तारुढ दल एमालेका मतदाताहरु छुट्टाछुट्टै स्थानमा बसेका थिए । एमाले एक भएर आफुलाई भोट नदिएको आफैले देखेपछी बादलले हार स्विकार गरेका हुन ।
एमालेको प्रधानमन्त्री केपी ओली पक्षबाट गृहमन्त्री रामबहादुर थापा र माधवकुमार नेपालसहित संयुक्त पक्षबाट संघीयता विज्ञ डा. खिमलाल देवकोटा उम्मेदवार रहेका छन् ।
देवकोटालाई नेपाल पक्षसँगै प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सघाउने छ भने थापालाई ओली पक्ष र राप्रपाले मतदान गर्ने छ ।
नेमकिपाले आफ्नै उम्मेदवार उठाएको छ भने विवेकशील साझा पार्टीले कसलाई मतदान गर्ने भनेर अझै टुंग्याएको छैन । वागमतीको निर्वाचन रोचक मोडमा उभिएको छ । यस अघि गृहमन्त्री थापा सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।
माओवादी केन्द्र त्यागेर एमालेको ओली पक्षमा लागेपछि उनलाई माओवादी केन्द्रले दल त्याग गरेको कानून अनुसार कारबाही गर्यो । त्यसपछि खाली एक सदस्यका लागि पुन: निर्वाचन हुन लागेको हो ।
निर्वाचत हुन अब केही घण्टा मात्रै बाँकी रहंदा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका सत्तारुढ एमालेका उम्मेदवार हुन् थापा ।
एकल मतभारका आधारमा बहुमतमा रहेका थापा पराजीत हुने देखिएका छन् भने गठबन्धनसँगै नेपाल पक्षको सहारा पाएका देवकोटा विजेता बन्ने घोषित समर्थनले देखाएको छ ।
देवकोटाको पक्षमा कुल पाँच हजार ७४४ र थापाको पक्षमा तीन हजार ५८३ भतभार हुने देखिएको छ । यसरी हेर्दा देवकोटाले थापालाई २ हजार १६१ मतभारले हराउने देखिन्छ । यता ओली समूहभित्र पनि थापालाई मतदान गर्ने विषयमा एक मत हुन सकेको छैन ।
बुधबार एक विज्ञप्ति जारी गर्दै थापालाई मतदान नगरे कारबाही गर्ने चेतावनी दिएका छन् भने भित्रभित्र थापालाई हराउन उपप्रधानमन्त्री ईश्वर पोखरेल लागेको आशंका थापा पक्षले गरेको छ । राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीभित्रको अन्तरविरोधको चाङले थापा आफै पनि जित्नेमा ढुक्क छैनन् ।
यता वरिष्ठ नेता नेपालले थापालाई सघाउन नसकिने भन्दै मतदातालाई देवकोटाको पक्षमा मतदान गर्न स्वविवेकीय अधिकार दिएका छन् ।
६ जेठ २०७८, बिहीवार १३:५० बजे प्रकाशित