प्रधानमन्त्रीविरुद्ध निर्वाचन आयोगमा कांग्रेसको उजुरी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।
कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा आज उजुरी दर्ता गराएको हो ।
“निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ ९३० र ९५० र दफा ९६० विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ,” बैठकको निर्णयसहित उजुरीमा भनिएको छ ।
यस्तो छ उजुरी
६ जेठ २०७८, बिहीवार १३:२७ बजे प्रकाशित