प्रधानमन्त्रीले पुनः सपथग्रहण गर्नुपर्छ : उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि शपथग्रहण गर्नुपर्ने माग राखेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै प्रतिज्ञा नगर्ने भनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भन्नु देशको राष्ट्रपति र प्रधानमन्त्रीको मर्यादा विपरीत भएकाले पुनः सपथग्रहण गर्नुपर्ने उनले माग राखेका हुन्। उनले सरकारले गरेको राजदूतहरुको नियुक्ति संविधानअनुसार र समावेशीताका आधारमा नभएको आरोप पनि लगाएका छन्।

२ जेठ २०७८, आइतवार १९:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु