जसपा महन्थ-राजेन्द्र पक्षका सांसदहरु भक्तपुरको रिसोर्ट पुर्याइए

३० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षका सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा पुर्याएको छ । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ पुर्याउन भूमिका खेलेको स्रोतको दाबी छ ।
सांसदहरुलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगिएको हो । रिसोर्टमा पुगेका एक सांसदले बैठकका लागि गएको बताए ।
अध्यक्ष ठाकुर र महतोले बिहीबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए । लगत्तै सांसदहरुलाई पार्टी कार्यालयमा बोलाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि बिहीबार बेलुका ९ बजेसम्मको समय दिएकी थिइन् ।
३० वैशाख २०७८, बिहीवार १५:२५ बजे प्रकाशित