ओलीलाई माधव पक्षको ‘डेडलाईन’ जेठ २ मै फर्कन नमाने चार बजे राजीनामा

माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गर्ने स्थायी कमिटीको निर्णयपछि नेकपा एमालेभित्रको राजनीतिले कोल्टे फेरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाल पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाएर थप छलफल गर्न तयार भएका छन् ।

तर, नेपाल पक्षले भने २ जेठ २०७५ मा फर्किन तयार नभएसम्म आफूहरूको राजीनामा नरोकिने बताएको छ ।

नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले आफूहरुको माग पूरा गर्न दिउँसो चार बजेसम्मको समय दिएको र त्यो पूरा नभए राजीनामा हुने निर्णय गरेको बताए ।

‘हाम्रो स्थायी कमिटी बैठक भयो,’ रावलले भने, ‘स्थायी कमिटी बस्दा- बस्दै उहाँहरूले कारवाही फिर्ता लिएको पनि हामीले सुन्यौं ।

हामी नवौं राष्ट्रिय महाधिवेशन बमोजिम अगाडि बढ्ने, त्यसबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक र केन्द्रीय कमिटीलाई मान्ने ।

गत फागुन २८ गते हाम्रो अनुपस्थितिमा भएका निर्णयमा रद्ध गर्ने । पार्टीलाई २०७५ जेठद २ मा फर्काउने सहमति भएपछि हामी अन्य विषयमा छलफल गर्न सक्छौं ।’

रावलले यी कुरामा सहमति नभए कार्यालय समयभित्र राजीनामा दिने बताए । उनले भने, ‘हाम्रो कुरामा दिउँसो चार बजेसम्म सुनुवाइ नभएमा कार्यालय समयभित्र राजीनामा दिन्छौं । ’

३० वैशाख २०७८, बिहीवार १३:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु