कामचलाउ प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच टेलिफोन वार्ता
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीबीच टेलिफोन वार्ता भएको छ ।
आजै संसदबाट प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएका छन् । अब, नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नुपर्ने हुन्छ । राष्ट्रपतिबाट नयाँ सरकार गठनको लागि आह्वान हुनुअघि प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको छ ।
२७ वैशाख २०७८, सोमवार २०:३२ बजे प्रकाशित













