माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् ।
माओवादीले प्रधानमन्त्रीको विपक्षमा मत हाल्ने निर्णय गरिसकेको छ । तथापि, संसद् बैठकअघि संसदीय दलको बैठक बसेको हो ।
२७ वैशाख २०७८, सोमवार ११:४९ बजे प्रकाशित