माधव पक्षीय सांसद केसीद्धारा राजीनामा दिन अश्वीकार

नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् ।
दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षकालागि सांसद बनाएकाले बीचमै राजिनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने बताए ।
‘हामीलाई ५ वर्षका लागि जनताले चुनेर पठाएका हुन्, कसैको स्वार्थसिद्धिका लागि म जनमतको अपमान म गर्दिन,’ केसीले भने ।
घनश्याम भुसालले आज फोनमा राजीनामा दिन भनेको र आफूले राजीनामा नगर्ने जवाफ दिएको केसीले बताए । उनले एमाले भित्रै रहेर अन्तरसंघर्ष गर्नुपर्ने तर, राज्रीनामा वा फ्लोर क्रस गरेर राजनीतिक भविष्य बर्बाद पार्न नहुने बताए ।
आफ्नै पार्टीको सरकार ढाल्न सांसदबाट राजिनामा दिनु राजनीतिक अपराध भएको केसीको दावी छ । नेपाल पक्षबाट राजीनामा दिने भनिएका सांसदको सुचीमा केसीको नाम पनि छ ।
२६ वैशाख २०७८, आइतवार १०:०७ बजे प्रकाशित